क्षयरोगका कारण नेपालमा प्रत्येक वर्ष ६ हजार ५ सय मर्छन्

तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार ११:३४

मकवानपुर । नेपालमा हरेक वर्ष ४५ हजार क्षयरोगका विरामी देखा पर्ने गरेका छन् । आज यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । विश्व स्वास्थ्य संगठनको हवाला दिँदै बताइएको तथ्याङ्क अनुसार, प्रत्येक वर्ष ६ हजार ५ सय क्षयरोगका विरामीको मृत्यु हुने गरेको छ ।

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजानमा सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने मूल नाराकाका साथ आज आयोजना गरिएको एक अन्तरक्रियामा सहभागीहरुले यसको उपचार बेलैमा गरिनुुपर्ने कुरामा जोड दिए । नेपालमा १४ बर्ष माथिका ३९ हजार जना क्षयरोगीका बिरामीहरु रहेका छन् । त्यसैगरी १४ बर्ष मुनिका मात्र ५ हजार ६ सय जना बिरामी रहेको सेभ द चिल्ड्रेनका हेटौंडा प्रतिनिधि राजेश साहले बताए । स्वास्थ्य संगठनले धेरै नयाँ बिरामी आएपनि डाक्टरकहाँ उपचारका लागि भने नेपालमा ३१ ह्जार ७ सय ६४ जना बिरामी मात्र संम्पर्कमा आएका छन् । कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डा. कमल दवाडीले क्षयरोगीका बिरामीहरुलाई उपचारगर्न स्वास्थ्य संस्थासम्म नल्याउँदा पनि श्वास प्रश्वास माध्यमले धेरै बिरामी बढ्ने खतरा रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*