वातावरण प्रदुषण बढ्दै, छुट्याईएको बजेट यसरी फ्रिज हुँदै
काठमाण्डौं १० चैत । वातावरण मन्त्रालयले उपयुक्त योजना बनाउन नसकेकैै कारण बन तथा वातावरण प्रदुषण नियन्त्रणका लागि नेपाल आयल निगमले दिने रकम फ्रिज हुने गरेको छ । १० बर्षको अवधिमा स्पष्ट कार्यक्रम ल्याउन नसक्दा करीब ४ अर्ब रकम फ्रिज भएको छ ।
वातावरण प्रदुषण भने दिनानुदिन बढ्दो क्रममा छ ।
नेपाल आएल निगमले पेट्रोलियम पदार्थको प्रयोग गरेको भन्दै उपभोक्तासंग प्रतिलिटर ५० पैसाको दरले लिने गर्छ आर्थिक बर्ष ०६५÷६६ देखि हालसम्म ४ अर्व ७८ करोडको हाराहारीमा उक्त रकम संकलन भएको नेपाल आयल निगमले जानकारी दिएको छ । आयल निगमका अनुसार यसरी जम्मा भएको रकम बन तथा वातावरण प्रदुषणको लागि विभिन्न समयमा विभिन्न शिर्षकमा खर्चगर्ने गरी अर्थ मन्त्रालयको खातामा जम्मा हुन्छ ।
तर वातावरण मन्त्रालयले भने निगमले दिएको रकम आफुहरुले खर्च गर्ने अधिकार नभएको बताउँदै आएको छ । अर्थ मन्त्रालयको खातामा जम्मा भएको रकम आफुहरुले खर्च गर्न नमिल्ने बताउँदै आएको छ वातावरण मन्त्रालय ।
त्यसोत उपयुक्त योजना लिएर वातावरण मन्त्रालय आएमा त्यो रकम खर्च गर्न सकिने अर्थ मन्त्रालयले बताउँछ । स्पष्ट योजना सहित उपस्थित नभएको खण्डमा त्यो पैसा खर्च गर्न नमिल्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
