देवी घर्ती र इस्लाम मियाँको फेरी आयो अर्को मार्मिक गीत ‘मसानघाट’ सार्वजनिक ! (भिडियो सहित)
काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ ।
प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा गोरखा चौतारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इस्लाम मियाँको लोकदोहोरी गीत मसानधाट बजारमा आएको छ ।
गीतमा इस्लाम मियाँ र देवी घर्तीको सुमधुर आवाज रहेको छ । आफुलाई माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएकोछ । मसान घाटमा इस्लाम मियाँको शब्द तथा संगित रहेको छ । पछिल्लो समय चर्चामा रहेका निर्देशक काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन रहेको भिडियोमा इस्लाम मियाँ र सञ्चिता शाहीको अभिनय देख्न सकिन्छ ।
