प्रहरीमा गृहमन्त्रीकाे कमान्ड कमजाेर
काठमाडाैं / सशस्त्र प्रहरी बलमा एआइजी प्रेम शाहीले बिदा बस्नका लागि निवेदन हालेका छन् ।
आर्इजिपी सिंहबहादुर श्रेष्ठ पनि चैतेदशैं (चैत ११) मा पंजाछाप लगाएर बिदा बस्ने तरखरमा रहेका छन् । तर नेपाल प्रहरीमा १९ दिन कार्यकाल बाँकी रहेका आइजीपी र एआइजीहरु भोजभतेरमा ब्यस्त रहेका छन् ।
आइजीपी प्रकाश अर्यालसहितका १५ एआइजी र २ डीआइजी यही चैत २८ मा अवकाश हुँदैछन् ।
अवकाश हुनु १ महिनाअघि नै बिदा बसेर नयाँ आउने आइजीपीका लागि मार्गप्रशस्त गर्नुपर्ने नेपाल प्रहरीका आइजीपी प्रकाश अर्याल छोराको ब्रतबन्धको भोजभतेरमा ब्यस्त छन् ।
चैत ५ गते छोराको ब्रतबन्ध गरेका आइजीपी अर्यालले शुक्रबार आइजीपी निवास नक्सालमा १२ सय भन्दा बढी निम्तालुका लागि भोज आयोजना गरेका छन् ।
अर्का एआइजी देवेन्द्र सुवेदी पनि छोराको ब्रतबन्धको भोजभतेरमा ब्यस्त छन् । नयाँ आउने आइजीपीलाई मार्गप्रशस्त गर्ने, ग्रुम गर्ने केही पनि काम आइजीपी अर्यालले गरेका छैनन् ।
अर्थमन्त्रायले खर्च कटौतीका लागि विदेश भ्रमणदेखि होटलहरुमा कार्यक्रममा रोक लगाइरहेको बेला अवकाश हुने बेलामा एआइजीहरुले अनुगमन गरेको भनेर २ करोड रुपैयाँ माग गरिरहेका छन् ।
अनुगमन गर्ने र इन्धन खर्च भनेर २ नम्बर प्रदेशका एआइजी बिजयलाल कायस्थ, १ नम्बरका पशुपति उपाध्याय, ४ नम्बरका कमलसिंह बम, ५ नम्बर प्रदेशका मधु पुडासैनीले अनुगमन गर्न जाने भनेर २ करोड रुपैयाँ प्रहरी हेडक्वाटरमा मागेका छन् ।
