लागुऔषधसहित दुई पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन २९, मंगलवार २०:५१

इनरुवा, २९ फागुन । धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित आज दुई जना पक्राउ परेका छन् ।

पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय बजारबाट अवैधरुपमा लागुऔषध लिएर धरानतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई धरान उपमहानगरपालिका– ८ हरियाली चोकबाट लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स्पासमो प्रोक्सिभन ४६८ क्याप्सुल र नगद रु ५७ हजार बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*