अनुमति नलिई पुल बनाउने भारत नेपालसित झुक्यो

तु खबर संवाददाता
२०७४ फाल्गुन २९, मंगलवार १८:५५

काठमाडौँ । भारतले नेपालको सहमतिबिना निर्माण गरेको काठेपुल हटाएको छ । ओली सरकारको दबाबमा भारतले महाकाली नदीमा निर्माण गरेको ४ वटा काठे पुल हटाएको हो । केही दिन अघि दुबै देशको सुरक्षा अधिकारीको बैठकमा नेपालले आफ्नो अनुमतिबिना पुल निर्माण गरेकोमा आपत्ति जनाएको थियो ।

नेपालसँग कुनै सहमति नलिर्इ दार्चुलाको व्यास गाउँपालिका –२ राप्ला क्षेत्रका ४ ठाउँमा अस्थायी काठे पुल बनाएको खबर सार्वजनिक भएपछि सरकारले चासो देखाएको थियो ।

त्यस क्षेत्रका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर लालबहादुर साउदले भारतीय पक्षले पुल हटाएको जानकारी दिए ।

राप्लाको घाटिबगड र भारतको मालपा जोड्ने अस्थायी काठेपुल र नेपालको दोपाखे र भारतको छनकन जोड्ने अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको जनाएको छ ।

गृहमन्त्रीलार्इ चासो राखेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आफू मातहतका अधिकारीलार्इ यसबारे निर्देशन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*