मेयर कपको फाईनल आज, वडा नम्बर ९ र १० उपाधिका लागि भिड्ने

तु खबर संवाददाता
२०७४ फाल्गुन २९, मंगलवार १२:२९
फाईल फोटो तस्बिर–दिलबहादुर लामा

मकवानपुर, २९ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । आज फाईनल खेलमा उपाधिका लागि वडा नम्बर ९ को कुष्माण्ड फुटबल टिम र वडा नम्बर १० को भुटनदेवी माता फुटबल टिम भिडन्ेछन् ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालनमा सञ्चालित फुटबल प्रतियोगिताको सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराएर फाईनलमा प्रवेश गरेको हो ।

फाईल फोटो
तस्बिर–दिलबहादुर लामा

फागुन १९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद एकलाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयासहित ट्रफी प्रदान गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*