साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या

तु खबर संवाददाता
२०७४ फाल्गुन २८, सोमबार २०:१४

सुरुङ्गा, झापा, २८ फागुन । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

यही फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा आज इलामको रोङ गाउँपालिका–३ कोल्बुङ ९मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा०मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकरी दिनुभयो । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*