तामाङ संचार समुह मकवानपुरमा चन्द्र घलानको नेतृत्व
मकवानपुर २६ फागुन । तामाङ सञ्चार समुह मकवानपुरको दोस्रो अधिवेशनले समुहको अध्यक्षमा चन्द्र घलानलाई निर्विरोध चयन गरेको छ । आज शनिवार मकवानपुरको हेटौंडामा भएको अधिवेशनले घलान लगाएत ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्ष जनक लामा ,सचिव दिलबहादुर तामाङ, सहसचिव राममाया वाईवा, कोषाध्यक्ष सुनु थिङ्, सर्वसम्मत चयन भएका हुन् । साथै सदस्यहरुमा सन्देश थिङ् ,कौशिला वाईवा,भुवन घलान ,कुमारी गाले ,दिपक सिं रुम्वा ,जयराम मोक्तान सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा दुदुमाया सिन्तान् ,धर्मराज स्याङ्तान, र सुभराज भोम्जन सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्षका आकांक्षीहरु सुभराज भोम्जन, नवराज वाईवा, यसलामा र धर्मराज स्याङ्तान, र समुहकी अध्यक्ष दुदुमाया सिन्तानले सहमती जनाएपछि घलान अध्यक्षमा सर्ववम्मत चयन भएका हुन् ।
