तामाङ संचार समुह मकवानपुरको दास्रो अधिवेशन हुदैं
मकवानपुर २६ फागुन । तामाङ संचार समुह मकवानपुरको दास्रो अधिवेशन आज मकवानपुरको हेटौंडामा हुदैंछ । ३ नम्वर प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
मकवानपुरमा क्रियाशिल तामाङ संचारकर्मीहरुको संगठन तामाङ संचार समुह मकवानपुरले आज नयाँ कार्यसमिति समेत चयन गर्ने भएको छ ।
समुहकी अध्यक्ष दुदुमाया स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरकी माननिय कुमारी मोक्तान, भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामा , ईन्द्र सरोवर गांउपाालिकाका अध्यक्ष जिवन लामा, कैलाश गांउपालिका का अध्यक्ष टंक मोक्तान ,नेपाल तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान लगाएतको आथित्यता रहेको थियो ।
उद्घाटन सत्रको कार्यक्रम पश्चात नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । अध्यक्ष पदका लागि हालसम्म २ जनाको चर्चा रहेको छ । जसमा मकवानपुरका सक्रिय पत्रकार चन्द्र घलान र शुभराज भोम्जन अध्यक्ष पदका लागि दावेदार रहेका छन् ।
