मेयरकपमा आज ४ वडाको भिडन्त

तु खबर संवाददाता
२०७४ फाल्गुन २३, बुधबार ११:११
फाईल तस्बिर

मकवानपुर, २३ फागुन । हेटौँडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा बुधबार दुई खेल हुनेभएको छ । आज २ नम्बर वडा र ४ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १० नम्बर वडा र ३ नम्बर वडाको बीचमा हुनेछ ।

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा फागुन १९ गतेदेखि खेल जारी छ । फागुन २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयासहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*