अनेरास्ववियूको अध्यक्ष महेश वर्तौलालाई बनाउन लविङ
मकवानपुर । अनेरास्ववियुको केन्द्रीय अध्यक्ष कसलाई बनाउने भन्ने तिब्र बहस सो संगठनभित्र सुरु भएको छ । अध्यक्ष नविना लामा साँसद बनेपछि संगठनको नेतृत्व कसलाई दिने भन्ने विषयमा बहस भइरहेको र सो बहसको केन्द्रमा छन्, मकवानपुरबाट राजनीतिक यात्रा सुरु गरेका अनेरास्ववियूका वर्तमान उपाध्यक्ष महेश वर्तौला । स्वभाविक रुपमा वर्तौलालाई संगठनको अध्यक्ष बनाउनु पर्ने माग अनेरास्ववियूभित्र छ । स्रोतका अनुसार, वर्तमान महासचिव ऐन महरलाई नेतृत्व दिनुपर्ने माग अर्काथरिको छ ।
तर, संगठनमा लामो राजनीतिक लगानी भएका वर्तौलालाई नै नेतृत्व दिनुपर्ने माग अखिलभित्र रहेको स्रोत बताउँछ । स्रोतका अनुसार, सडक आन्दोलनमा मात्र होइन, बर्तौला संगठनभित्रै पनि पपुलर छन् । स्ववियू काउन्सिलका संयोजकसमेत रहेका वर्तौला यसअघि केन्द्रीय राजनीति सुरु गर्नुपूर्व जिल्लामा अध्यक्ष थिए ।
वर्तमान अध्यक्ष नविना लामाले अध्यक्ष छोड्ने भएपछि वर्तौला अध्यक्ष हुने चर्चामा छन् ।
अनेरास्ववियूमा बरिष्ठ उपाध्यक्षका रुपमा रहेका वर्तौलालाई अध्यक्ष चयन गर्दा संगठन प्रभावकारी हुने भन्दै त्यसको लविङ तिव्र पारिएको छ ।
