विवाह खर्च घटाएर गरिब विध्यार्थीलाइ सहयोग
काठमाडौँ, २१ फागुन । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्नो विवाह खर्च घटाएर निरञ्जन माविका गरिब र विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि आज रु दुई लाख सहयोग गर्नुभएको राससले जनाएको छ ।
तिवारीले आफ्ना पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापनार्थ विद्यालयका प्राचार्य शिवराज पाण्डेलाई सो रकम आज हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले सो सहयोगले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।
गत महिना काठमाडौँमा विवाह गर्नुभएका तिवारी संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएको छ ।
