हेटौँडामा पहिलो पटक आँखाको नानी संकलन

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार १७:५७

हेटौँडा, २१ फागुन । मकवानपुरको हेटौँडामा पहिलो पटक आँखाको नानी संकलन गरिएको छ । हेटौँडा ४ निवासी विकाश श्रेष्ठ र प्रकाश श्रेष्ठले आफ्ना पिता स्वर्गीय रामकृष्ण श्रेष्ठको आँखाको नानी दान गरेका हुन् ।

मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न लायन्स क्लव अफ ईन्टेलेक्टुअलका अध्यक्ष गणेशकुमार श्रेष्ठको सल्लाह अनुसार आफ्नो आमाको स्वीकृत लिएर दान स्वर्गीय पिताको आँखाको नानी दान गरेको जेष्ठ सुपुत्र विकास श्रेष्ठले बताए ।

हेटौडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा राखिएको जनाइएको छ । उक्त नानी आवश्यक अन्य दृष्टिविहिनहरुलाई प्रत्यारोपण गर्न तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौमा लगिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*