कृष्णमोहन स्मृति खुुल्ला विविध खेलकुद प्रतियोगिता फागुन २७ गतेबाट, जित्नेलाई लाखौँको पुरस्कार

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार १७:३६

काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ संचालन हुने भएको छ ।

समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले फागुन २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित कार्यक्रममा उक्त प्रतियोगिताबारे खेलकुद पत्रकारहरुलाई विस्तृत रुपमा जानकारी गराउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले नेपाल एपीएफ क्लबका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै देश र संगठनको इज्जत प्रतिष्ठा बढाएको उल्लेख गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा लगायत म्याण्डेटभित्रको आफ्नो नियिमित कार्यसँगै खेलकुदको विकासमा समेत विशिष्ट योगदान पु¥याउँदै आएको चर्चा गर्नुहुँदै राष्ट्रिय स्तरका यी प्रतियोगिताहरुलाई निरन्तर रुपमा संचालन गरिरहेको बताउनुभयो । सम्बन्धित खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम अनुसार संचालन हुने उक्त तीनवटै प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले बताउनुभयो ।

दशवटा इभेन्ट्सहरु समावेश व्याडमिन्टन प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको छ भने १३ वटा इभेन्ट्सहरु समावेश लनटेनिस प्रतियोगिताको कूल पुरस्कार राशी ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले जानकारी गराउनुभयो ।

व्याडमिन्टनतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने कुरा उहाँले जानकारी गराउनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले व्याडमिन्टनतर्फको पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको बताउनुभयो ।

यसैगरी उहाँले महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको जानकारी गराउनुभयो । लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने जानकारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले दिनुभयो ।

लनटेनिसतर्फ कै पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ रहेको छ भने महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ नै रहेको छ ।

व्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १७ वर्षमुनिका केटा÷केटी एकल, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ वर्षमाथि युगल रहेका छन् ।

यसैगरी लनटेनिसतर्फ समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, ३५ वर्षमाथि भेट्रान्स एकल, ४५ वर्षमाथि भेट्रान्स एकल, ५५ वर्षमाथि भेट्रान्स एकल, ३५ वर्षमाथि भेट्रान्स युगल, ४५ वर्षमाथि भेट्रान्स युगल, ५५ वर्षमाथि भेट्रान्स युगल र ६५ वर्षमाथि भेट्रान्स एकल र इन्टर गभर्मेन्टल सर्भिसतर्फ एकल तथा युगल इभेन्ट्सहरु समावेश रहेका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले प्रतियोगिता सम्बन्धी फारम तथा नियम सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाई, नेपाल एपीएफ क्लब, सशस्त्र प्रहरी बल नेपालको वेभसाइटःधधध।बउा।नयख।लउ विभिन्न खेलकुद संघसंस्था तथा क्लबहरुबाट प्राप्त गर्न सकिने कुरा सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले एकल इभेन्टतर्फ पाँचसय र युगलतर्फ एक हजार रुपैयाँ इन्ट्री फि तिनुपर्ने छ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा हुनेछन् । प्रतियोगिता अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय नै अन्तिम निर्णय हुने कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले जानकारी गराउनुभयो ।

प्रतियोगिता सम्बन्धी कुनै जानकारी तथा बुझ्नु पर्ने भएमा सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको फोन नं.–०१४२७८७७३ र सम्पर्क अधिकृत सशस्त्र प्रहरी निरीक्षक विजयी कुमार के.सी.को मोवाइल नम्बर ९८५११६०९०० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । कार्यक्रममा उपस्थित संचारकर्मीहरुले राखेको जिज्ञासामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले प्रष्ट पार्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन शर्मा, अखिल नेपाल लनटेनिस संघका प्रतिनिधि कृष्णराज घले, नेपाल खेलकुद पत्रकार महासंघका अध्यक्ष महेश आचार्य लगायत विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी, खेलाडीहरु तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*