मेयरकपमा आज पनि २ खेल, पदमपोखरी र सानोपोखरा भिड्ने

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार १२:१३
फाईल फोटो तस्बिर–दिलबहादुर लामा

मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुने भएको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिम र वडा नम्बर ५ बिच खेल हुनेछ ।

दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा हुने खेलका लागि सबै तयारी भइसकेको वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले बताए । वडाले मेयरकपकै लागि खेलाडीलाई केही दिन अगाडि नै जर्सी समेत प्रदान गरेको उनले बताए । त्यस्तै आज दिउँसो नै ३ बजेपछि वडा नम्बर वडा नम्बर ११ र वडा नम्बर १४ को फुटबल टिम भिड्नेछन् ।

प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।

यो वर्षको मेयर कपमा विजेता टिमले १ लाख ५० हजार तथा उपविजेता टिमले ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् । नकआउटमा खेलाईने खेलमा उत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*