अपडेट: पदमपोखरी वनस्पतिमा झडप, प्रहरीमाथि नै हतियार प्रहार
मकवानपुर, १७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी वनस्पतिमा आज बेलुका झडप भएको छ । यो समाचार तयार पार्दासम्म सामुदायिक प्रहरीबिटका एक जना प्रहरीलाई युवाहरुको टोलीले खुकरी समेत प्रहार गरेको छ ।
प्रहरी र शसस्त्र प्रहरीले समेत घटनालाई नियन्त्रणमा लिन नसकेपछि अहिले आर्मी नै परिचालन गरिएको स्थानीले जानकारी दिएका छन् । अहिले युवाहरुको टोलीले सामुदायिक प्रहरी बिट रहेको भवनमा ढुङ्गामुढा समेत गरेका छन् भने स्थानीयहरु समेत बाहिर निस्कन नसक्ने गरि झडप भएको बताइएको छ । घटना कसरी घट्यो भन्ने खुल्न सकेको छैन ।
