प्रचण्डलाई गद्दार घोषित गर्ने वादल गृह मन्त्री बन्ने

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १५:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकार विस्तार गर्दैछन् । विस्तारित सरकारमा माओवादी केन्द्रबाट रामबहादुर थापा वादल र मातृका यादव मन्त्री बन्ने भएका छन् । वादललाई गृह मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ भने यादवको मन्त्रालयको टुङ्गो लागेको छैन ।
त्यसैगरी, प्रधानमन्त्रीले आजै एमालेका तर्फबाट पनि केहीलाई मन्त्रीपरिषद्मा लैजादै छन् । एमालेका तर्फबाट महासचिव इश्वर पोखरेल र डा. युवराज खतिवडालाई सरकारमा लैजाने तयारी भएको छ । डा. खतिवडालाई अर्थमन्त्री बनाउन लागिएको छ भने महासचिव पोखरेल कुन मन्त्री हुने भन्ने टुङ्गो लागेको छैन ।
स्मरणयोग्य कुरा के छ भने रामबहादुर थापा बादल तिनै नेता हुन् जसले माओवादीबाट फुटेपछि प्रचण्डलाई लाल गद्दार घोषित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*