महोत्सवमा भयो रु १२ करोड बराबरको कारोबार

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार ०९:५२

रामपुर, पाल्पा, १४ फागुन । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड बराबरको कारोबार भएको छ ।

तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड १० लाख बराबरको कारोबार भएको छ भने तीन लाख दर्शकले मेला अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले बताउनुभयो ।
मेलाको समापनका अवसरमा प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले पाल्पालाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउन सकिने बताउनुभयो ।
सिद्धबाबा सडकखण्डको जोखिमयुक्त सडक सुधार गर्दै जाने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य, नारायणप्रसाद आचार्य, जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, प्रमख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुदयाल सैजुले स्वदेशी उत्पादनको बजार प्रवद्र्धनमा मेलाले टेवा पु¥याएको बताउनुभयो ।

मेलामा स्थानीय खानाको परिकार, बाल उद्यान, कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक, पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ए्ेतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अष्टिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तुका उत्पादनका सामग्री विशेष आकर्षण रहेको थियो ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*