प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा पेश गरिएको प्रदेशसभा नियमावली मस्यौदा यस्तो छ (पूर्ण पाठ सहित)
मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा आईतबार बसेको बैठकमा ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पेश भएको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन पेश गरेका हुन् ।
मस्यौदा प्रतिवेदन पेश गर्दै सभापति पाण्डेले ४५ पृृष्ठको मस्यौदामा २१७ नियम र ६ अनुसुचि रहेको जानकारी दिए । मस्यौदामाथि संशोधनका लागि १६ घण्टाको समय दिईएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
हेर्नुहोस् प्रदेशसभा बैठकमा पेश भएको प्रदेशसभा नियमावलीको मस्यौदा–
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्–

प्रस्तावित प्रदेसभा नियमावली मस्यौदा








आजकै प्रदेशसभा बैठकमा सभामुख श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मूख्यमन्त्री नियुक्तसम्बन्धी पत्र र मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद गठन तथा कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए । प्रदेशसभा बैठकमा मूख्यमन्त्री डोरमणी पौडेल र कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले धारणा राखेका थिए । बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
