बसले मोटरसाइकललाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार ०९:३२

जितपुर, कपिलवस्तु, १० फागुन । बसले मोटरसाइकललाई ठक्कर दिँदा यहाँ बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*