एकलौटी ढङ्गले संसदीय पत्रकार मञ्च गठन गरेको भन्दै प्रेस चौतारी र प्रेस सेन्टरको असहमति

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार १६:१९

मकवानपुर, ९ फागुन । संसदीय पत्रकार मन्च गठनमा छलफलमा सहभागी भएपनि नेतृत्वको विषयमा टुङ्गो नलाग्दै मन्च गठन गरी सबैको उपस्थितिमा गठन गरिएको भनी भ्रम फैल्याएको भन्दै प्रेस चौतारी र प्रेस सेन्टर नेपालले असहमती जनाउँदै संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ ।

प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल र प्रेस सेन्टरका अध्यक्ष नानीमैया विष्टले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका हुन् । आफ्नो सहमतिबिनै हतार हतारमा गरिएको तदर्थ समिति गठनप्रति सहमत हुन नसकेको भन्दै दुबै संगठनमा आबद्ध सदस्यले उक्त तदर्थ समितिलाई समर्थन नगरेको विज्ञप्तीमा उल्लेख छ । दुबै संगठनले उपयुक्त समयमा पुनः भेला गरी संसदीय पत्रकार मञ्चको गठन, तालिम, गोष्ठीहरु सञ्चालन गर्ने योजनाका साथ अघि बढिरहेको जनाएको छ ।

सबै बिटहरुमा समाचार संकलन र लेखन गर्न बाध्य मोफसलका पत्रकार सामू संसदीय समाचार लेखन र संकलन बिषय नौलो भएपनि संसदीय रिपोर्टिङमा सहभागी सकृय पत्रकारहरुको सहभागितामा मात्र मन्च गठन गर्नुपर्ने चौतारी र प्रेस सेन्टरको धारणा विज्ञप्तीमा सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*