मालिकको शोषणबाट मुक्त हुनको लागि संघर्ष गर्न आह्वान, निर्माण मजदुरमा पूनः मनकुमार चयन
मकवानपुर, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले मालिकको शोषणबाट मुक्त हुन र संघर्षमा जुट्न मजदुरहरुलाई आग्रह गरेका छन् । अखिल नेपाल निर्माण मजदुर संघको पाँचौ जिल्ला सम्मेलनमा विशेष अतिथि रहेका पृथकले मजदुलाई यस्तो आह्वान गरेका हुन् ।
सम्मेलनले पुनः मनकुमार लामाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्माण चयन गरेको छ । उपाध्यक्षमा चिजा सिंह, सचिवमा सुदर्शन वस्ती, सहसचिवमा अनु लामा, कोषाध्यक्ष्। प्रभा चौधरी लगायत सदस्यहरु रहेका छन् ।
अध्यक्ष मनकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रमको संघका केन्द्रीय अध्यक्ष अमित लामा प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि लामाले भवन र बाटो मात्र होइन देश निर्माण गर्ने जिम्मेवारी निर्माण मजदुरहरुको काँधमा आएको बताए । सामाजिक सुरक्षा कोष निर्माण मजदुरको लागि अपरिहार्य विषय भएकोले यसलाई लागू गर्न दबाबको खाँचो पर्ने उनले बताए ।
त्यस्तै अर्का अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कौशल पाण्डेले सबैखाले परिवर्तनहरुमा महत्वपूर्ण योगदान पु¥याएका निर्माण मजदुरहरुले आफ्नो अधिकारका लागि अहिलेको संविधानलाई विना शर्त कार्यान्वयनको निम्ति दबाब दिनुपर्ने बताए ।
कार्यक्रममा अतिथिहरु रविन्द्र के.सी, रामशरण घिमिरे, नानीमैया विष्ट, चिजा सिंह लगायतकाले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
