रेडियो थाहा संचारले गर्यो ४ जनालाई सम्मान, सप्ताहव्यापी कार्यक्रम सकियो
मकवानपुर, ७ फागुन । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचारले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा सोमबार ४ जनालाई सम्मान गरेको छ ।
रेडियोले थाहा समाजसेवी सम्मानबाट समाजसेवी तथा मामाघर नेपालका सञ्चालक अर्पण पराजुली, थाहा युवा व्यवसायी सम्मानबाट युवा व्यवसायी राजु अधिकारी, थाहा शिक्षा सम्मानबाट शिक्षक केवलराम उपाध्याय र थाहा महिला व्यवसायी सम्मानबाट महिला व्यवसायी गणेशकुमारी श्रेष्ठलाई सम्मान गरेको हो ।
फागुन १ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमको आज समापन गर्दैै उनीहरुलाई सम्मान गरिएको हो । साथै आजै कवि गोष्ठी समेत भएको छ । गोष्ठीलाई देवांश खरेल र समृद्धि शर्माले सामूहिक छन्द कविता वाचन गरी सुरुवात गरेका थिए । त्यस्तै कवि सुनिल गौतम, बबि थापा, प्रमोद अधिकारी, यश लामा, दिनेशकुमार शर्मा, बिशाल अधिकारी, बैकुुण्ठ लामिछाने, केशव समर्पण, देवराज तिवारी, रेडियोका सञ्चालक अंकिता सुमार्गी, कवि पुष्प अधिकारी अञ्जली, रेडियोका सञ्चालक अरुणराज सुमार्गी, साहित्यकार धर्मराज स्याङतान, सरिती श्रेष्ठ, धनराज गिरी लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा विज्ञापन दिएर रेडियोसंग सहकार्य गर्ने विज्ञापनदाता र सहयोगी संघसंस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो । विन्दावासिनी मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता तथा साहित्यकार धनराज गिरीको प्रमूख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
