चौकीटोलबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १७:५४

हेटौँडा, ७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलबाट लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरिएको छ । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर १० बस्ने २४ वर्षीय रामलाल गोले र ३० वर्षीय धावा लामालाई २६ ग्राम ६६ मिलीगम चरेशसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार आईतबार बेलुकी ७ बजे चौकी टोल प्रहरी चौकी बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । हेटौँडा २ स्थित सडक खण्डमा जाँचका क्रममा हेटौँडाबाट सामरी तर्फ जाँदै गरेको उनीहरु सवार ना. ३४ प. ३४९६ नम्बरको मोटरसाईकलको सिटमूनि चरेश भेटिएपछि उनीहश्रुलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अगाडि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*