हेटौँडा गोल्डकपमा आज सुदुरपश्चिम ११ र त्रिभुवन आर्मी भिड्दै

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १४:१२
File Photo

मकवानपुर, ७ फागुन । हेटौँडामा जारी तेस्रो हेटौँडा गोल्डकपको आज हुने खेलमा सुदुरपश्चिम ११ र विभागीय टिम त्रिभुवन आर्मीबिच खेल हुँदैछ । आज दिउँसो हेटौँडाको वन विज्ञान अध्ययन संस्थानमा हुने खेलमा दुई टिमको रोमाञ्चक भिडन्त हुने आयोजकले जनाएको छ ।

यस अघि हिजो भएको खेल जित्दै नेपाल पुलिस क्लव सेमिफाईनलमा प्रवेश गरिसकेको छ । नेपाल पुलिसले विजय युथ क्लब हेटौँडालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो । मनाङ मस्र्याङ्दी क्लब, एपिएफ, संकटा, थ्रिस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौँडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरि ८ वटा टिमले प्रतियोगितामा भाग लिएका छन् ।

फागुन १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ५ लाख र दोस्रो हुने टोलीलाई रु ३ लाख नगद पुरस्कार दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*