३ नम्बर प्रदेशले भोलि मुख्यमन्त्री पाउने

तु खबर संवाददाता
२०७४ माघ २८, आईतवार १५:०२

मकवानपुर २८ माघ ।३ नम्बर प्रदेशले भोलि सोमबार मुख्यमन्त्री पाउने भएको छ । मुख्यमन्त्री सहित ३ जनाको मन्त्रीमण्डल समेत बन्ने भएको छ । आज आइतवार नेकपा एमालेका संसदीय दलका नेता डोरमणी पौडेलले नेकपा माओवादी केन्द्रसंग सहमति गरेर मन्त्रीमण्डलका लागि प्रदेश प्रमुख अनुराधा कोइरालालाई पत्र बुझाएको स्रोतले जानकारी दिएको छ ।

पौडेलका अनुसार पत्र बुझाइसकिएको छ । भोलि सपथ ग्रहण हुन सक्ने संंभावना छ । मन्त्री मण्डल भने ३ जनाकै बन्ने निश्चित जस्तै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*