प्रदेश नम्बर ३ को सभामुखमा सानु श्रेष्ठ र उपसभामुखमा राधिका तामाङ निश्चित, निर्वाचन आज हुने
मकवानपुर २७ माघ । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा शनिबार प्रदेशसभाको दोस्रो बैठक बस्दैछ । आजको बैठकले सभामुख र उपसभामुख चयन गर्ने स्रोतले जानकारी दिएको छ । सभामुखको लागि नेकपा एमालेका सानुकुमार क्षेष्ठको उम्मेदवारी रहेको छ । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका क्षेष्ठलाई सभामुख बनाउने बिषेश सेटिङ्मा ब्याक गराइएको थियो ।
त्यसैगरी उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङको उम्मेदवारी रहेको छ । उनी पुर्वराज्यमन्त्री समेत हुन । उनी नुवाकोटको प्रतिनिधिसभाबाट निर्वाचित भएकी थिइन ।
संसदमा एमालेको बहुमत देखिएका कारण सभामुख सानुकमार क्षेष्ठ र उपसभामुख राधिका तामाङनै बन्ने निश्चित छ । एमालेको ५८, माओवादी केन्द्रको २३ र बाँकी २९ सांसद काँग्रेसका रहेका छन् । संसदमा नेकपा एमाले र माओवादी केन्द्रको एकता रहेको कारण दुवै चयन हुने निश्चित छ । त्यसो त नेकपा एमालेको मात्रै पनि एकल बहुमत देखिएको छ ।
नेकपा एमालेको संसदीय दलको नेतामा डोरमणी पौडेल चयन भएसंगै मुख्यमन्त्री पनि पौडेलनै हुने निश्चित बनेको छ ।
