भलिबलमा पुरुषतर्फ बिबिएस प्रथम वर्ष र महिलातर्फ कक्षा ११ शिक्षा शास्त्र संकायको जीत
हेटौँडा, २६ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औ वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको भलिबलको उपाधि पुरुषतर्फ बिबिएस प्रथम वर्ष र महिलातर्फ कक्षा ११ शिक्षा शास्त्र संकायले जितेको छ ।
पुरुष तर्फ बिबिएस प्रथम वर्षले कक्षा १२ वाणिज्य संकायलाई पराजित गरेको हो । ४ सेटमा भएको खेलमा ३ सेटमा जित निकाल्दै बिबिएस प्रथम वर्षले उपाधि चुमेको हो । त्यसैगरी महिला तर्फको भलिबलमा कक्षा ११ विज्ञान संकायलाई पराजित गर्दै कक्षा ११ शिक्षा शास्त्र संकाय विजयी भएको हो । कक्षा ११ विज्ञान संकायका क्याप्टेन सरिना चौलागाईले उत्कृष्ट खेल प्रदर्शन गरेता पनि पनि शिक्षा शास्त्र संकायलाई हरउन भने सकेन ।
कक्षा ११ शिक्षा शास्त्र संकायले ३ सेटमा जित हात पारेको हो स्ववियु सह सचिव शुभराज भोम्जनले जानकारी दिए । क्याम्पसको वार्षिक उत्सवका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
