दक्षिणकाली नगर कपको उपाधि वडा नम्बर ९ लाई
काठमण्डौ, २६ माघ । प्रथम दक्षिणकाली नगर कपको उपाधि वडा नम्बर ९ हुडुले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा वडा नम्बर ६ लाई २–० गोल अन्तरले हराउँदै वडा नम्बर ९ ले उपाधि चुमेको त्यहाँस्थित सहकर्मी आशबहादुर लामाले जानकारी दिए ।
विजेताले प्रथम पुरस्कार स्वरुप नगद ६० हजारका साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । त्यस्तै उपविजेताले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
माघ १४ गतेदेखि भएको खेलमा नगरका ९ वडाहरुको सहभागिता रहेको थियो । खेल दक्षिणकाली परोपकर युवा क्लबले आयोजना गरेको हो ।
