सिमरा गोल्डकपमा हेटौँडाको हार, आयोजक विजयी

तु खबर संवाददाता
२०७४ माघ २५, बिहीबार १८:५४

बारा, २५ माघ । रुस्लान नवौ सिमरा गोल्डकपको उद्घाटन खेलमा हेटौँडाको विजय युथ क्लब पराजित भएको छ । आयोजक नव जनजागृती युवा क्लबसँग ४–१ गोल अन्तरले विजय युथ पराजित भएको हो ।

विजय युथलाई पराजित गर्दै नव जनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि. ‘सेतो’ टिमले विजयी शुरुवात गरेको हो । खेलको पहिलो हाफ अघि एक गोल गरेको सेतो टिमले त्यसपछि भने लगातार ३ गोल गरेर विजयी भएको थियो ।

खेलको क्रममा विजय युथ क्लबले धेरै मौका पाएको थियो । तर मौकाको सदुपयोग गर्न नसक्दा अन्ततः हार व्यहोर्नु पर्यो । आगामी फागुन ५ गतेसम्म प्रतियोगिता चल्ने छ ।

विजय युथ क्लब हेटौँडा रुस्लान सिमरा गोल्डकपको सातौँ संस्करणको विजेता हो भने आयोजक नव जनजागृति यूवा क्लब पाँचौं संस्करणको विजेता हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*