हेटौँडाको ५ किलोमिटर दौडमा सविन र निशा विजयी

तु खबर संवाददाता
२०७४ माघ २५, बिहीबार १४:२७
तस्बिर–गुगल

मकवानपुर, २५ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ५ किलोमटिर दौडमा सविन भोलन र निशा कट्टेल विजयी भएका छन् ।

बिहिबार बिहान साढे ८ बजे सुरु भएको दौड प्रतियोगिताको दुरी मकवानपुर बहुमुखी क्याम्पस देखि तिरतिरे धारासम्म र सोही धाराबाट क्याम्पससम्म तोकिएको थियो । दौडमा पुरुषतर्फ बिबिएस पहिलो वर्षमा अध्ययनरत भोलन प्रथम हुनुका साथै दुर्गाराज भोलन,बलराम रेग्मी,रोषण सुनार,सुरेश कुमार यादब क्रमश द्वित्तिय,तृतिय,चौथो र पाँचौ भएका छन् ।

त्यसैगरी महिलातर्फ भने जम्मा दुईजनालेमात्र भाग लिएका थिए । महिला तर्फ बिएड दोश्रोे वर्षमा अध्ययनरत निशा पहिलो हुनुका साथै अनिता बर्तौला दोश्रो भएकी छिन् । प्रतियोगितामा महिला पुरुष दुबैतर्फको गरी जम्मा ३४ जनाको सहभागिता रहेको थियो ।

५ किलोमिटरको दौडसंगै २ सय मिटरको फास्ट दौड पनि आज दिउँसो ४ बजे हुने दौड प्रतियोगिताको संयोजक सुदन विश्वकर्माले जानकारी दिएका छन् । क्याम्पसको वार्षिक उत्सवका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले खेलकुद कार्यक्रम आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*