स्लो बाईक रेसको उपाधि शिक्षक तिमल्सिनाले जिते
हेटौँडा, २२ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको सप्ताहब्यापी विविध कार्यक्रम अन्तरर्गत क्याम्पसको शिक्षकहरुबिच गराईएको स्लो बाईक रेस प्रतियोगिताको उपाधि केशव तिमल्सिनाले जितेका छन् ।
रेसमा २० जना शिक्षकहरुले सहभागिता रहेको थियो । दुई चरणमा गराईएको खेलमा पहिलो चरणमाबाट ४ जना र दोश्रो चरणबाट ४ जना छनौट गरी ८ जनामा फाईनल खेल खेलाईएको थियो । फाईनलमा प्रवेश गरेका ८ जनामध्येबाट शिक्षक तिमल्सिना प्रथम भएका हुन् । त्यस्तै गौतम केसी द्वित्तिय र बासु ढुङ्गेल तृतिय भएका छन् ।
सप्ताहब्यापी खेलकुद कार्यक्रम अन्तरगतको क्रिकेट छब्बिस टिमबिचमा सेलेक्सन राउण्डको खेल भइरहेको क्रिकेट खेल संयोजक सौरभ अधिकारीले जानकारी दिए ।
