मकवानपुर बहुमुखी क्याम्पसमा टग अफ वार र दौड, को–को भए विजेता ?
मकवानपुर, २१ मघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको विविध खेलकुद कार्यक्रम अन्तरगतको दुई खेल आईतबार सकिएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टग अफ वार र स्याक रनिङ सकिएको हो । स्ववियु सदस्य देवराज गौतमले संयोजन गरेको टग अफ वारमा पुरुष तर्फ नवराज शर्मा र महिलातर्फ कमला भोम्जनले नेतृत्व गरेको समुह विजयी भएको छ । पुरुषतर्फको खेलमा बिबिएस दोश्रो वर्षको सेक्सन बि समुहले जीत हसिल गर्नुका साथै महिला तर्फको खेलमा बिएड दोश्रो वर्षको समुहले जित हासिल गरेको छ ।
त्यस्तैगरी स्ववियु सदस्य केशब भारतीले संयोजन गरेको स्याक रनिङमा पुरुष तर्फ प्रोमलाल बैठा प्रथम हुनुका साथै द्वितिय र तृतिय क्रमश किरण बुढाथोकी र बिसु सुनार भएका छन् । स्याक रनिङ महिला तर्फको खेलमा श्रृजना शर्मा प्रथम हुनुका साथै द्वितिय र तृतिय क्रमश सुस्मा पुडासैनी र रीमा खड्का भएकी छिन् ।
त्यसैगरी आईतबार नै क्रिकेटको पनि छनौट चरणको खेल भएको संयोजक कौरब अधिकारीले जानकारी दिए । कार्यक्रमको सुरुवाती चरणमा मैत्रीपूर्ण शिक्षक तथा स्ववियु टिमबिचमा टग अफ वार भएको थियो । मैत्रीपूर्ण खेलमा स्ववियुको समुहलाई शिक्षकको समुहले जित हासिल गरेको थियो । स्वबियुले आयोजना गरेको बिबिध खेलकुद कार्यक्रम यहि माघ २८ गते सम्म हुने स्वबियु सभापति कुमार बहादुर केसीले जानकारी दिए ।
