शपथ ग्रहणमा किन ड्यासमा राखिएन हेटौँडाका मेयरलाई ?
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । भव्य स्वागत सहित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराईरहँदा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने शपथ ग्रहण समारोहमा ड्यासमा देखिएनन् , यसमा संसद सचिवालयको गम्भीर त्रुटी देखिएको छ । यस सम्बन्धमा नियमावली नबनेको भए पनि प्रचलनमा यो रहेको छ । 
अधिवक्ता स्वागत नेपालका अनुसार अन्तराष्ट्रिय अभ्यासमा राजधानी तोकिएको नगरका मेयर प्रदेशका सांसदहरुको सपथ ग्रहण समारोहमा ड्यासमा बस्नुपर्छ तर हेटौँडाका मेयर महत ड्यासमा देखिएनन् ।
हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा सांसदहरुको स्वागतका निम्ति हलसम्मै पुगेर पनि मेयर महतलाई किन ड्यासमा राखिएन ?
