“हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाएरै छाड्छु” : बानियाँ
मकवानपुर ६ माघ । नेपाली काँग्रेस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानिँयाले हेटौंडालाई प्रदेशको स्थायी राजधानी कुनै पनि हालतमा बनाएरै छोड्न आफु डटेर लाग्ने बताए । आज नेपाली काँग्रेस १० नम्वर वडाको आजोजनामा भएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोद्धन गर्दै माननिय बानिँयाले यसअघि पनि प्रदेश राजधानिको बिषयमा आफ्नो विशेष पहल रहेको साथै भोलिका दिनमा पनि ३ नम्वर प्रदेशका १ सय १० जना सदस्यहरु संग लभिङ् गरेर राजधानीलाई स्थायी बनाउन आफुहरुको लागि पर्ने बताए ।

नेपाली काँग्रेस १० नम्वर वडाले आज प्रदेशको अस्थायी राजधानि हेटौंडा भएको खुसीयालीमा हेटौंडाको बसपार्कमा दिप प्रज्वलन गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस नगर सभापती आनन्दराम पराजुली ,लगाएत काँग्रेस मकवानपुरका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


