हेटौँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम शुरु

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १८:१३

मकवानपुर, २५ पुस । खेलकुद समाचारलाई थप स्तरीय बनाउन सिकाउने उदेश्यका साथमा मंगलबारदेखि हेटौँडामा २ दिने खेलकुद पत्रकारिता तालिम शुरु भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा शुरु भएको तालिम हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्य, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रय महासचिव प्रकाश तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मकवानपुरमा विभिन्न सञ्चारगृहमा कार्यरत क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको तालिममा खेलकुद पत्रकार पवन आचार्य, प्रकाश तिमल्सिना, आर्दश ढकाल र सुवास हुमागाईले सहजीकरण गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*