बकैया स्तरिय नकआउट भलिबलको उपाधी नमुना गितावरले जित्यो
-यादव चौलागाई
मकवानपुर, २३ पुस । बकैया गाँउपालिका स्तरिय नकआउट भलिबलप्रतियोगीताको उपाधि नमुना गितावर युवा क्लव पावसले जितेको छ ।
घमन टोल स्पोर्टस् क्लब घमनटोलले क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको खुला भलिवल प्रतियोगितामा नमुना गितावर क्लव विजयी भएको हो । नमुना गितावरले लालीगुराँस क्लव गोठखोलालाई २५–२३,२५–१७,२५–२३ को सोझो सेटले पराजित गरेको हो । प्रतियोगीतामा विजयी नमुना गितावरले नगद १० हजार तथा उपविजेता लागीगुराँसले ५ हजार सहित शिल्ड तथा प्रमाणपत्र जितेका थिए ।
बकैया गाँउपालिकाका सात टिम सहभागी प्रतियोगीताको उद्घाटन बकैया गाँउपालिका अध्यक्ष दामोदर खनालले गर्नुभएको थियो । प्रतियोगीतामा बकैया उपाध्यक्ष सरला बोलखे,बकैया ७ वडा अध्यक्ष रामकाजी लामिछाने, हात्तिचरण सावउसका अध्यक्ष पवनसिं गुरुङ लगायत खेलप्रेमीहरुको सहभागिता थियो ।
हाजिरी जवाफमा महेन्द्र मावि प्रथम
यस्तै घमन टोल स्पोर्टस् क्लवले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा गरेको हाजीरीजवाफ प्रतियोगितामा महेन्द्र मावि छतिवन प्रथम भएको छ ।
५ विद्यालयका विद्यार्थी सहभागी कार्यक्रममा माटोकोरी निमावि द्धितिय तथा बाघभैरव निमावि तृतिय भएका थिए । उनीहरुलाई नगद तथा मेडलले सम्मान गरिएको आयोजक समिति तथा क्लवका अध्यक्ष राजकुमार तिमल्सिनाले बताउनुभयो । कार्यक्रम तिमल्सिनाको अध्यक्षतामा भएको थियोे ।
