कोलकात्तामा मकवानपुरे खेलाडी

तु खबर संवाददाता
२०७४ पुष २०, बिहीबार १२:३७

मकवानपुर, २० पुस । मकवानपुरका १२ जना क्योकुशिन खेलाडी भारतको कोलकात्तामा हुने प्रतियोगितामा सहभागी हुने भएका छन् । कोलकात्तामा हुन लागेको दोस्रो अल ईण्डिया आमन्त्रण क्योकुशिन कराते प्रतियोगितामा निर्णायकका रुपमा कराते प्रशिक्षक किशोर श्रेष्ठ पनि सहभागी हुने भएका हुन् ।

बुधबार हाँडीखोलाको पशुपतिनाथ माविमा एक कार्यक्रमको आयोजना गरी खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, पूर्बअध्यक्ष पवन खड्का, विद्यालयका सहायक प्रधानाध्यापक कबिराज तिवारी, शिक्षक सुशील गौतमलगायतले खेलाडीहरुलाई बिदाई गरेका थिए । पशुपतिनाथ माविका २ जना सहित मकवानपुरका १२ जना खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् ।

निर्मला लो, बिनोद थापा, सवनम प्रजा, अशोक लामा, दीपक लामा, सुजल लुईटेल, मनिराज लामा, सुहाना घलान, गब्बर लामा, स्नेहा महतो, राजेश महतो र मुस्कान महतोले प्रतिस्पर्धा गर्ने नेपाल क्योकुशिन करातेका नारायणी अञ्चल प्रमुख किशोर श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*