निर्वाचनमा हराउने अन्तर्घाती खोज्न माओवादीले बनायो समिति, को को पर्लान् अन्तरघात गर्ने लिस्टमा

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार २०:१०
तस्बिर : नयाँ पत्रिका

काठमाडौँ, १८ पुस । आज बसेको माओवादी केन्द्रको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न ठाउँमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएको सन्दर्भमा त्यसको छानविनका लागि शेरचनलाई जिम्मा दिइएको हो । नेकपा एमालेसँगको एकता हुने भन्दै वाम तालमेलमार्फत् निर्वाचनमा सहभागी भएको माओवादी केन्द्रका उम्मेदवारहरु काठमाडौँमा स्वीप नै भएका थिए । अन्य ठाउँमा पनि केन्द्रका उम्मेदवारहरु पराजित भएका छन् ।

शेरचनको समितिले कस कसलाई अतर्घाती प्रमाणित गर्ने हो त्यो थाहा पाउन भने प्रतिवेदन कुर्नै पर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*