कराँतेमा नेपाल च्याम्पियन

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १५:२७
तस्बिर–गुगल

धनगढी, १४ पुस । यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ ।

एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ ।

यस्तै, श्रीलंकाले दुई स्वर्ण, एक रजत र चार काँस्य, बंगलादेशले एक स्वर्ण, दुई रजत र दुई काँस्य र पाकिस्तानले एक स्वर्ण र एक रजत पदक जितेको प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते डो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले जानकारी दिनुभयो ।

त्यस्तै, सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघको आयोजनामा भएको प्रतियोगितामा कुमुतो विधातर्फ एपिएफ प्रथम हुँदै रु ५१ हजार, सुदूरपश्चिमाञ्चलले दोस्रो हुँदै रु ३१ हजार तथा पश्चिमाञ्चलले रु २१ हजार पुरस्कार प्राप्त गर्दै तृतीय भएको छ । प्रतियोगितामा नेपालका २४३, भारतका १८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच र बंगलादेशका नौ खेलाडी सहभागी थिए । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*