वाम गठवन्धन रोक्न काँग्रेसले ५ बर्ष माओवादीको सरकार बनाउन समर्थन गर्ने : प्रचण्ड
काठमाडौं ९ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई ५ बर्ष माओवादिकै सरकार निर्माण गर्न काँग्रेसको समर्थन सहितको प्रस्ताव आएको बताएका छन् । निर्वाचनअघि मात्र बनेको बाम गठबन्धनमा हाल आरोप प्रत्यारोप सुरु भएपछि यस्तो प्रस्तावहरु आउन थालेका उनले बताए । निर्वाचनको तालमेलपश्चात पार्टी समेत एउटै बनाउने भनेर हिडेका दुवै दलका ठुलानेताहरुनै अहिले असन्तुष्ट देखिएका छन् । माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय एमाले फोरम संग नजिकिएर सरकार बनाउन खाजेको बिषयलाई लिएर असन्तुष्टी जनाईरहेका छन् ।
आफ्नो पार्टी मुलुकमा तेस्रो नै भएपनि निर्णायक स्तरको पार्टी रहेको दावि गर्दै उनले आफुहरु घात प्रतिधात भने कहिल्यै नगर्ने बताएका छन् । बाम गठबन्धन रोक्न थुप्रै अफरहरु आएको तर आफुले त्यो प्रस्ताव अस्विकार गरेको उनले बताए ।
एमाले एक्लैको बहुमतको सरकार नपुग्ने भएकोकारण उनीहरुबिच जतिपनि विवाद हामि प्रतिको नकारात्मक दृष्टीकोण भएतापनि अन्तमा आफुहरुसंगनै जोडिनुपर्ने उनले स्मरण गरे ।
