पूर्व राजा ज्ञानेन्द्र किन जाँदै छन् सुदुरपश्चिम ?
मध्यपश्चिम, ७ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह अचानक मध्यपश्चिम तथा सुदुर पश्चिमको भ्रमणमा निस्किने भएका छन् ।
श्रोतका अनुसार केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता उनीहरु मध्यपश्चिम तथा सुदुुरपश्चिम क्षेत्रमा जान लागेका हुन् । तर उनीहरु वास्तविक रुपमा किन जाँदैछन् भन्ने कुरा कसैलाई ज्ञात छैन ।
पूर्व राजपरिवारको विषयमा हुने हरेक कुराहरुलाई विशेष रुपमा लिने गरिएको छ ।
