हेटौँडा बजारमा भोट माग्दै कृष्ण कटुवाल
मकवानपुर, ६ पुस । यही पुस १५ गतेबाट सुरु हुने मकवानपुर उद्योग वाणिज्य ससंघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कृष्ण कटुवाल अहिले आफ्नो पक्षमा भोट गर्न आग्रह गर्दै हेटौँडा बजारका हरेक व्यवसायीहरुकहाँ पुगेका छन् ।
उनले आज हेटौँडाको मेनरोड तथा राप्तिरोड क्षेत्रमा पुगेर आफुलाई मतदान गर्न आग्रह गरिरहेका छन् । कुनै पनि व्यवसायीलाई व्यापार व्यवसायबाट विस्थापित हुन नदिने भन्दै उनले व्यवसायीलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

घरदैलोमा कपडा तथा तयारी पोषाक संघका संस्थापक अध्यक्ष राजेश बानियाँ, सुनचाँदी व्यवसायी संघका ज्योति बज्रचार्य, वाणिज्य तर्फका उपाध्यक्ष उम्मेदवार दिपक शर्मा ढकाल, रवि कँडेल शर्मा लगायतको सहभागिता रहेको छ ।
यस वर्ष मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि कृष्ण कटुवाल र महेन्द्र राउतको भिडन्त हुने पक्कापक्की भइसकेको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने तथा उपाध्यक्ष कृष्ण अग्रवालले उम्मेदवारी फिर्ता लिइसकेका छन् । वर्तमान उपाध्यक्ष समेत रहेका अग्रवालले पुन वाािणज्य तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
