प्रदेश ४ : नयाँ शक्तिबाट घनमाया र लक्ष्मी मध्ये एक सांसद

तु खबर संवाददाता
२०७४ पुष ४, मंगलवार १३:२७
तस्बिर–गुगल

मकवानपुर, ४ पुस । प्रदेश नम्बर ४ मा नयाँ शक्ति पार्टीका तर्फबाट घनमाया पोखरेल लामा र लक्ष्मी परियार मध्ये एक जना सांसद बन्ने भएकी छिन् ।

निर्वाचन आयोगका अनुसार नयाँ शक्ति पार्टीले प्रदेश नम्बर ४ मा समानुपातिक तर्फ २४ हजार ६ सय २५ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले समानुपातिकमा सिट पाउँदैनन् यस अर्थमा प्रदेश नम्बर ४ मा समानुपातिक तर्फ नयाँ शक्ति पार्टीले एक सिट प्राप्त गर्ने भएको छ ।

नयाँ शक्तिका तर्फबाट प्रदेश सभामा गोरखा २ को १ मा हरिशरण आचार्यले जितेका कारण नयाँ शक्तिका तर्फबाट महिलाले नै सांसद बन्न पाउने भएका छन् । जस अनुसार आदिवासी महिलाको एक नम्बर सूचीमा रहेकी घनमाया पोखरेल लामा र दलित महिलाको एक नम्बर सूचीमा रहेकी कास्कीकी लक्ष्मी परियारमध्ये एक जना समानुपातिक सांसद बन्ने पक्का पक्की देखिएको छ ।

६० सदस्यीय प्रदेशसभा रहने प्रदेश ४ मा २४ जना सांसद समानुपातिकबाट चुनिने छन् । संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति गराउनु पर्ने संविधानले नै व्यवस्था गरिदिएका कारण धेरैजसो पार्टीका महिला उम्मेदवारले समानुपातिक सांसद बन्ने मौका पाउने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*