यस्तो छ मकवानपुर प्रतिनिधिसभा – २ का उम्मेदवारहरुले हालसम्म प्राप्त गरेको मतपरिणाम
मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा २ मा वाम गठबन्धनका तर्फबाट विरोध खतिवडाले २३ हजार ४५ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनकी डिना उपाध्यायले १७ हजार ९ सय ३६ मत प्राप्त गरेकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, गिलास चुनाव चिन्ह भएका राष्ट्रिय जनमोर्चाका रामहरि धितालले २ सय ५१ मत, घर चुनाव चिन्ह भएको राष्ट्रिय जनमुक्ति पार्टीका हरि सिं वाइवाले १९ मत, आँखा चुनाव चिन्ह भएको नयाँ शक्तिका सोनाम सिं स्याङतानले ३ सय १३ मत, कुखुराको भाले चुनाव चिन्ह भएको मंगोल नेशनल अर्गनाइजेशनका जीवन स्याङतानले ८६ मत, मुठ्ठी चुनाव चिन्ह भएको देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवार सागर उप्रेतीले ६७ मत, तराजु चुनाव चिन्ह भएको विवेकशील साझा पार्टीका सिंहबहादुर मोक्तानले १ सय ७९ मत, गुलाफको फूल चुनाव चिन्ह भएको स्वतन्त्र उम्मेदवार अरुण वर्तौलाले ५६ मत, रेडियो चुनाव चिन्ह भई उम्मेदवार रहेका विकास नेपालले १६ मत र शंख चुनाव चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिएका रणसंग्राम विष्टले १ सय ६० मत प्राप्त गरेका छन् ।
