गोरखामा नारायणकाजीलाई पराजित गर्दै बाबुराम, दाङमा राजुलाई हराउँदै महरा विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार २०:०१

मकवानपुर । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई बाम गठबन्धनका नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै ६ हजार ८ सय ७४ मत ल्याई विजयी भएका छन् । भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याए भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका छन् ।
केही बेर अघि वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले भट्टराईलाई विजयी भएकोमा बधाई समेत दिएका छन् । यसैबीच, दाङ २ बाट वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरा विजयी भएका छन् । काँग्रेसका राजु खनाललाई १३ हजार ९ सय २३ मतले पराजित गर्दै महरा विजयी भएका हुन् । महराले ३९ हजार ९५९ मत पाएका छन् भने खनालले २६ हजार ३६ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*