शक्तिले भ्याएसम्म प्रदेशलाई नमूना बनाउँछु : डोरमणि पौडेल
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा १ ख बाट वाम गठबन्धनका उम्मेदवार डोरमणि पौडेलले आफ्नो मात्र जीत नभई समग्र मकवानपुरवासीको जीत भएको प्रतिक्रिया दिएका छन् । तु खबरसँग कुराकानी गर्दै पौडेलले वाम गठबन्धनले देशको विकासको निम्ति काम गर्ने र त्यसैको एक सदस्यको हैसियतले आफ्नो प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने पौडेलले बताए ।
उनका अनुसार, प्रदेश ख को विकासमा पूरा क्षमता लगाउने छन् । देशको आर्थिक विकासका निम्ति वाम गठबन्धनले ल्याउने भिजनमा एक सदस्यको हैसियतले पूराका पूरा योगदान दिने पौडेलले बताए । उनका अनुसार, यहाँको विकास पहिलो प्राथमिकता हुनेछ ।
