मकवानपुरका यी उम्मेदवारले मतदान नगर्ने
हेटौँडा, २१ मंसिर । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सोनाम सिं स्याङ्तानले मतदान नगर्ने भएका छन् ।
नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवारी दिएका स्याङ्तानको मतदाता नामावली सिन्धुली जिल्लाको छमलेमा रहेको र उम्मेदवारी मकवानपुरबाट भएकोले मतदानका लागि जान नपाउने भएका हुन् ।
उनले आफु मकवानपुरमै चुनावी मैदानमा उत्रिएकोले सिन्धुली गएर मतदान गर्न नसकिएको बताएका छन् ।
