उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

तु खबर संवाददाता
२०७४ मंसिर १९, मंगलवार १३:३४

लहान, १९ मंसिर/रासस : अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ ।

उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ ख का प्रदेशसभा उम्मेदवार बनेका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको र हातमा काटिएकाले स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घरदैलो कार्यक्रमपछि मोटरसाइकलबाट घर फर्किने क्रममा पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएर आफूमाथि छुरा प्रहार गरेको उम्मेदवार अलीले बताए ।

“उक्त समूहले अचानक पछाडिबाट छुरा प्रहार गरेपछि मोटरसाइकलबाट लड्दा पनि थप आक्रमण ग¥यो, उम्मेदवार अलीले भने– “त्यसपछि आफूसँगै मोटरसाइकलमा पछाडी सवार आफ्ना सहयोगी केही पर भागेर गुहारगुहार माग्दै प्रहरीलाई खबर गरेपछि उनीहरू भागेका थिए ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*